Kathmandu Press

पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता

बुधबार दिउँसो भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको जनाइएकाे छ। पूर्वराजा ज्ञानेन्द्र केही समयदेखि दमकमै छन्।
पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता

काठमाडौं, चैत ८ : पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ।

हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको पुन:स्थापनाको एजेन्डा बोकेको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायत नेता दमक पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका हुन्।

बुधबार दिउँसो भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको जनाइएकाे छ। पूर्वराजा ज्ञानेन्द्र केही समयदेखि दमकमै छन्।

पूर्वराजाले राजनीतिक सक्रियता बढाउन खोजिरहेका बेला राप्रपा नेताहरूसँग भएको सामूहिक भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। 

प्रकाशित मिति: १५:४० बजे, बुधबार, चैत ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्