Kathmandu Press

वाग्मतीमा कांग्रेसले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने

काठमाडौंमा आज (बुधबार) दिउँसो बसेको वाग्मती प्रदेशसभा संसदीय दलको बैठकले जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको हाे।
वाग्मतीमा कांग्रेसले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने

काठमाडाैं, चैत ८ : नेपाली कांग्रेसले वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ।

काठमाडौंमा आज (बुधबार) दिउँसो बसेको वाग्मती प्रदेशसभा संसदीय दलको बैठकले जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको हाे।

बैठकले केन्द्रमा कांग्रेस र माओवादी केन्द्रसहितको दलहरुको गठबन्धनमा भएको सहमतिअनुसार सरकार बनाउने निर्णय गरेको एक नेताले बताए।

वाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न आज (बुधबार) का लागि बोलाइएको प्रदेशसभा बैठकमा भने नेपाली कांग्रेस अनुपस्थित हुने भएको छ।

कांग्रेसका सांसदहरु आजको बैठकमा उपस्थित नहुने भएपछि प्रदेशसभा बैठक स्थगित हुने सम्भावना बढेको छ। यद्यपि संसद सचिवालयले अहिलेसम्म बैठक स्थगित गरिसकेकाे छैन।

प्रकाशित मिति: १५:१४ बजे, बुधबार, चैत ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्