Kathmandu Press

मुख्यमन्त्री जम्कट्टेललेले विश्वासको मतका लागि प्रस्ताव पेस गर्न बोलाइएको बैठकमा कांग्रेस उपस्थित नहुने

दुई दिन समय माग्दै कांग्रेसले अनुपस्थित हुने बताएपछि मुख्यमन्त्री जम्मकट्टेल अप्ठ्यारोमा परेका छन्।
मुख्यमन्त्री जम्कट्टेललेले विश्वासको मतका लागि प्रस्ताव पेस गर्न बोलाइएको बैठकमा कांग्रेस उपस्थित नहुने

मकवानपुर, चैत ८ : वाग्मती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेलले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न आज (बुधबार) का लागि बोलाइएको प्रदेशसभा बैठकमा नेपाली कांग्रेस अनुपस्थित हुने भएको छ।

आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची छ। दुई दिन समय माग्दै कांग्रेसले अनुपस्थित हुने बताएपछि मुख्यमन्त्री जम्मकट्टेल अप्ठ्यारोमा परेका छन्। संसदीय दलको बैठकमा छलफल हुन बाँकी रहेकाले दुई दिनको समय मागेको कांग्रेस प्रदेशसभा सदस्य हरिप्रभा खड्गीले बताइन्। आजको बैठकमा उपस्थित हुने कुनै सम्भावना नरहेको बताइएको छ। 

कांग्रेस नै अनुपस्थित हुने भएपछि मुख्यमन्त्रीले प्रदेशसभाको बैठक स्थगित गराउने मनस्थितिमा मुख्यमन्त्री जम्कट्टेल रहेको बताइएको छ। माओवादी संसदीय दलका नेतासमेत रहेका जम्कट्टेल एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए।

राप्रपाले भने फागुन १३ गते नै समर्थन फिर्ता लिएर सरकार छाडेको थियो भने एमाले अझै सरकारमै छ। तर संघीय सरकारको समीकरण फेरिएकाले कांग्रेसलाई समेटेर सरकार गठन गर्ने मुख्यमन्त्री जम्मकट्टेलको तयारी छ।

प्रकाशित मिति: १४:५३ बजे, बुधबार, चैत ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्