Kathmandu Press

पेन्सनसहितको सामाजिक सुरक्षा योजनाले वैदेशिक रोजगारीमा जाने श्रमिक लाभान्वित हुन्छन् : प्रधानमन्त्री

बुधबार काठमाडौंमा सामाजिक सुरक्षा कोषले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारमा रहेका श्रमिक, विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना शुभारम्भ गर्दै त्यस्ताे बताएका हुन्।
पेन्सनसहितको सामाजिक सुरक्षा योजनाले वैदेशिक रोजगारीमा जाने श्रमिक लाभान्वित हुन्छन् : प्रधानमन्त्री

काठमाडौं, चैत ८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेन्सनसहितको सामाजिक सुरक्षा योजनाले वैदेशिक रोजगारीमा जाने श्रमिक लाभान्वित हुने बताएका छन्।

बुधबार काठमाडौंमा सामाजिक सुरक्षा कोषले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारमा रहेका श्रमिक, विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना शुभारम्भ गर्दै त्यस्ताे बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीका लागि जाने युवालाई दुःख दिने काम अन्त्य भएको सहज वातावरण बनाईएको धारणा राखे। उनले विभिन्न परिस्थिति र बाध्यताले वैदेशिक रोजगारीमा जान परेको अवस्थालाई अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

कोषमा आबद्ध हुने वैदेशिक रोजगारमा रहेका श्रमिकले पनि जीवनको उत्तरार्धमा पेन्सन पाउने अवस्था बनेकाले श्रमिकको जीवनमा ठूलो मद्दत पुग्ने उनको भनाइ छ। त्यस्तै प्रधानमन्त्री प्रचण्डले पहिलो पटक प्रधानमन्त्री हुँदा बिदेशमा रहेका नागरिकको समस्या समाधान गर्न पहल गरेको, दोस्राेपटक प्रधानमन्त्री हुँदा श्रमिकको सुरक्षा, स्वास्थ र वीमाको समस्या समाधान गर्न प्रयास गरेको र अहिले विदेशमा रहेका श्रमिकको सुरक्षा कार्यक्रम शुभारम्भ गर्न पाउदा खुसी लागेको बताए।

वैदेशिक स्वरोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त कार्य शुभारम्भ गरिएको कोषले जनाएको छ। कोष सञ्चालक समितिका अध्यक्ष एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले कोषको योजनाले वैदेशिक क्षेत्र र विदेशमा स्वरोजगारमा रहेका नागरिक सामाजिक सुरक्षाको दायरामा समेटिने बताए।

विप्रेषणलाई वैधानिक बाटोबाट भित्र्याउन पनि यस योजनाले सघाउ पु¥याउने उहाले बताउनुभयो। उहाले अव विदेश जाँदा चक्रवृति व्याज लिनुनपर्ने र कोषबाटै आवश्यक रकम लिन सकिने व्यवस्था गर्न लागिएको जानकारी दिए। कार्यक्रममा  उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोषले शुभारम्भ गरेको योजनाबाट लाखौँ श्रमिक र आश्रित परिवार लाभान्वित हुने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: १४:२५ बजे, बुधबार, चैत ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्