Kathmandu Press

नितान्त व्यक्तिगत फोन ट्याप गर्ने कुरा स्वीकार्य हुन्न : नेता काेइराला

आज (बुधबार) नेता कोइरालाले सामाजिक सञ्जालमार्फत लोकतन्त्रमा यो वा त्यो बाहनामा नितान्त व्यक्तिगत फोन ट्याप गर्ने कुरा स्वीकार्य नहुने बताएका हुन्।
नितान्त व्यक्तिगत फोन ट्याप गर्ने कुरा स्वीकार्य हुन्न : नेता काेइराला

काठमाडौं, चैत ८ : सरकारी अधिकारीले व्यक्तिगत कुराकानी सिधै रेकर्ड गर्न सक्नेगरी विधेयक ल्याउन मस्यौदा नै बनाइसकेको अवस्थामा कांग्रेस नेता एवं सांसद शेखर कोइरालाले त्यो कुनै हालतमा स्वीकार्य हुन नसक्ने बताएका छन्।

आज (बुधबार) नेता कोइरालाले सामाजिक सञ्जालमार्फत लोकतन्त्रमा यो वा त्यो बाहनामा नितान्त व्यक्तिगत फोन ट्याप गर्ने कुरा स्वीकार्य नहुने बताएका हुन्। उनले विगतमा विरोधका कारण रोकिएको विधेयक अहिलेको सरकारले फेरि अगाडि बढाउन लागेको भन्दै यसले सरकारको नियतमाथि प्रश्न उठेको बताएका छन्।

‘लोकतन्त्रमा यो वा त्यो बहानामा नितान्त व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन। विगतमा विरोधका कारण रोकिएको यो कार्य फेरि अगाडि बढाउनुले सरकारको नियतमाथि प्रश्न उठेको छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रिय सुरक्षासँग जोडिने यस्ता कार्यप्रति दल,मानवअधिकारकर्मी,नागरिक समाज र प्रेस जगतको समेत ध्यान जाओस्।’

सरकारले टेलिफोन, मोबाइल, सामाजिक सञ्जाललगायतमा नागरिकले गरेका कुराकानी सरकारी अधिकारीले सिधै रेकर्ड गर्न सक्ने गरी विधेयक ल्याउन मस्यौदा नै बनाइसकेको अवस्थामा त्यसको विरोध भइरहेको छ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले २०७६ को साउनमा पनि नागरिकको गोपनीयता सरकारको निगरानी र नियन्त्रणमा रहनेगरी विधेयकको मस्यौदा तयार गरेको थियो। त्यतिखेर प्रतिपक्षी कांग्रेसलगायत राजनीतिक दल र नागरिक समाजबाट चर्को विरोध भएपछि विधेयक रोकिएको थियो।

प्रकाशित मिति: १३:४९ बजे, बुधबार, चैत ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्