Kathmandu Press

मन्त्रालयको भागबन्डा मिलाउन सत्तारूढ गठबन्धनको बैठक बस्दै

नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जनता समाजवादी पार्टी (जसपा), लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) लगायतका दलहरू सरकारमा भित्रिँदैछन्
मन्त्रालयको भागबन्डा मिलाउन सत्तारूढ गठबन्धनको बैठक बस्दै

काठमाडौं, चैत ८ : मन्त्रालयको भागबन्डा मिलाउन सत्तारूढ गठबन्धनको बैठक बस्दैछ। बैठक आज (बुधबार) दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत पाएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी थालिएको छ। सत्तारूढ गठबन्धनमा अहिले १० दल सहभागी छन्।

नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जनता समाजवादी पार्टी (जसपा), लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) लगायतका दलहरू सरकारमा भित्रिँदैछन्।

अहिले माओवादी केन्द्र र जनमत पार्टी मात्र सरकारमा छन्। खाली रहेका १६ वटा मन्त्रालयमा कुन दलबाट कति जना मन्त्री बनाउने भन्ने विषय टुंगो लाग्न बाँकी छ।

यसअघि गत पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउन साथ दिएका नेकपा एमाले र राप्रपा ११ गते नयाँ समीकरण बनेसँगै सरकारबाट बाहिरिँदै विश्वासको मत फिर्ता लिएका थिए।

आजको बैठकमा भागबन्डाबारे कुरा मिले तत्काल मन्त्रिपरिषद पुनर्गठन गरिने जनाइएकाे छ।

प्रकाशित मिति: १३:३९ बजे, बुधबार, चैत ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्