Kathmandu Press

एपिएफविरुद्ध एनआरटीको रोमाञ्चक जित

काठमाडौं, माघ ५ : सहिद स्मारक ए डिभिजन लिगमा न्यूरोड टिम (एनआरटी)ले विभागीय टिम एपिएफ क्लबविरुद्ध रोमाञ्चक जित हात पारेको छ। 

सातदोबाटो....

एपिएफविरुद्ध एनआरटीको रोमाञ्चक जित
फाइल

काठमाडौं, माघ ५ : सहिद स्मारक ए डिभिजन लिगमा न्यूरोड टिम (एनआरटी)ले विभागीय टिम एपिएफ क्लबविरुद्ध रोमाञ्चक जित हात पारेको छ। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा एनआरटीले एपिएफलाई ३–२ ले हराउँदै लिगमा चौथो जित हात पारेको हो। अघिल्लो सिजन लिग पुछारमा रहेर सकाएको एनआरटीले यो सिजन लिगमा राम्रो प्रदर्शन गरिरहेको छ। 

शारिरीक रुपमा बलियो एपिएफविरुद्ध पछि परेको अवस्था उल्टाउँदै एनआरटीले जित निकाल्यो। जितसँगै एनआरटी ११ अंकका साथ लिग तालिकाको पाँचौ स्थानमा उक्लिएको छ। उसले ७ खेलमा ४ जित र १ बराबरी खेलेको छ। अघिल्लो सिजन लिगको पुछारमा रहेकाले यो पटक उसको २ अंक घटाइएको छ। 

रोमाञ्चक खेलमा जित दिलाउने क्रममा एनआरटीका लागि आन्द्रे थिएरी बिइक र दर्शन गुरुङले गोल गरे। यस्तै, वीरेन्द्रप्रकाश यादवले आत्मघाती गोल गरे। एपिएफका लागि दुवै गोल आशिष लामाले गरे। 

२४ औं मिनेटमा थेरीको गोलमा एनआरटीले सुरुवाती अग्रता लिएको थियो। पहिलो हाफ सकिनै लाग्दा एफिएफले खेललाई बराबरीमा ल्यायो। आशिषले ४१ औं मिनेटम नविन लामाको पासमा गोल गरेका थिए।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा ५४ औं मिनेटमा एपिएफले फेरि अग्रता लियो। आशिषले नै फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए। तर, अन्तिम १० मिनेटमा दुई गोल गर्दै एनआरटीले खेल आफ्नो पक्षमा पार्‍यो। 

८० औं मिनेटमा एपिएफका वीरेन्द्रप्रकाशले आफ्नै पोस्टमा गोल गरेपछि खेल बराबरीमा आयो। एजोडर्न एडेम्बाको प्रहर रोक्ने क्रममा वीरेन्द्रले आफ्नै पोस्टमा गोल गरेका थिए। ८५ औं मिनेटमा दर्शनले गोल गरेपछि एनआरटीको जित पक्का भयो। 

प्रकाशित मिति: १७:१५ बजे, आइतबार, माघ ५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्