दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, ३ जनाको मृत्यु
नेपालगन्जबाट दैलेख जाँदै गरेको ग्यास बकेको भे१क २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका–४ तालपोखरी नजिक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।
दैलेख, चैत ८ : दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटनामा परेको छ।
नेपालगन्जबाट दैलेख जाँदै गरेको ग्यास बकेको भे१क २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका–४ तालपोखरी नजिक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।
प्रहरीका अनुसार सो दुर्घटनामा सवारी चालक अन्दाजी ३१ वर्षीय कृष्ण चौधरी, ट्रकमा सवार २५ वर्षीय लक्षिराम चौधरी र २३ वर्षीय विष्णु चौधरीको मृत्यु भएको छ।
ट्रक सडकबाट करिब १५० मिटर तल खसेको थियो । उनीहरु तीनै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ११:२६ बजे, बुधबार, चैत ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार