Kathmandu Press

स्वतन्त्र प्रदेश सांसद पुन माओवादीमा

सरूलले मंगलबार माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयलाई पत्र लेख्दै माओवादी रोजेका छन्।
स्वतन्त्र प्रदेश सांसद पुन माओवादीमा

दाङ, चैत ८ : लुम्बिनी प्रदेशका स्वतन्त्र प्रदेशसभा सदस्य सुरुल पुन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। उनले मंगलबार माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयलाई पत्र लेख्दै माओवादी रोजेका छन्।

पुन रुकुमपूर्वको क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए। पुनले माओवादी केन्द्रबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए।  

यसअघि रोल्पाबाट निर्वाचित स्वतन्त्र सांसद दीपेन्द्र पुनले पनि माओवादी केन्द्र रोजेका थिए। उनले पनि गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका थिए।

यो सँगै लुम्बिनीमा माओवादी केन्द्रका प्रदेशसभा सदस्यको सङ्ख्या ११ पुगेको छ ।

प्रकाशित मिति: ११:०० बजे, बुधबार, चैत ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्