Kathmandu Press

जनताको मुख थुन्ने भन्दा माग पूरा गराउनुपर्ने लिङ्देनको सुझाव 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित वानेश्वरको एक कार्यक्रममा आक्रोशित युवाले नाराबाजी गरे पछि प्रहरीले मुख थुनेको घटनालाई लिएर अध्यक्ष लिङ्देनले सो सुझाव दिएका हुन् । 
जनताको मुख थुन्ने भन्दा माग पूरा गराउनुपर्ने लिङ्देनको सुझाव 

काठमाडौं, चैत ८ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताको मुख थुन्ने भन्दा माग पूरा गराउनुपर्ने बताएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित वानेश्वरको एक कार्यक्रममा आक्रोशित युवाले नाराबाजी गरे पछि प्रहरीले मुख थुनेको घटनालाई लिएर अध्यक्ष लिङ्देनले सो सुझाव दिएका हुन् । 

‘हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ? प्रधानमन्त्रीज्यू, चाँडो भन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको ब्याज घटाउनुहोस्, युवालाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नुहोस् ,जो सम्भव छ,’ लिङ्देनले सामाजिक सञ्जालमा भनेका छन्, ‘अन्यथा मुख थुनेर त, के बन्दुकले पनि आवाजहरू थुनिन्न, जो तपाईं स्वयमलाई थाहा छ।’

प्रकाशित मिति: ०८:५९ बजे, बुधबार, चैत ८, २०७९