Kathmandu Press

बैंककमा ‘ब्याचलर पार्टी’ मा रमाउँदै प्रियंका

काठमाडौं, माघ ५ : नायिका प्रियंका कार्की यतिबेला बैंककको खुकर्रीमा रमाइरहेकी छिन्।

विवाह अगाडि मनाइने ‘ब्याचलर पार्टी’ मा स....

बैंककमा ‘ब्याचलर पार्टी’ मा रमाउँदै प्रियंका

काठमाडौं, माघ ५ : नायिका प्रियंका कार्की यतिबेला बैंककको खुकर्रीमा रमाइरहेकी छिन्।

विवाह अगाडि मनाइने ‘ब्याचलर पार्टी’ मा साथीहरुसँग रमाइरहेका केही तस्वीर उनले आफ्नो इन्स्टाग्राममा राखेकी छिन्।

Hardik ivf

इन्स्टामा तस्वीर राख्दै उनले भनेकी छिन्,‘गेस हु इज गेटिङ म्यारिड, लेट्स डु द ड्यामन थिङ गर्ल।’ अर्थात् उनले आफ्नो हुन लागेको विवाहलाई केन्द्रित गर्दै विवाहको कुरामा चिन्तित हुन छोडेर रमाउन सुझाव दिएकी छिन्।  

निलो समून्द्र माथिको सेतो जहाजमा विकनीमा प्रस्तुत भएकी उनले चाँडै दुलही हुन लागेको घोषणा पनि गरेकी छिन्। विवाहको मिति भने खुलाइएको छैन। प्रियंका र नायक आयुषमान देशराजबीच २०१८ जुलाई १४ मा इन्गेजमेन्ट भएको थियो।

बेहुली हुन लागेको खुशियाली बाँड्न उनले यो पटक भने साथीहरुसँग समुन्द्रिक तटलाई रोजेकी हुन्। जबकि आयुषमानसँगको घुमफिर भने उनले कुनै नौलो विषय बनाएकी छैनन्। 

आफ्ना केटी साथीहरुलाई पहिलो प्राथमिकतामा राखेकी उनले यो घुमघामलाई ‘आफूले रोजेको परिवार’को नाम दिएकी छिन्। 
 

प्रकाशित मिति: १६:३२ बजे, आइतबार, माघ ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्