Kathmandu Press

बानेश्वरमा प्रधानमन्त्री दाहालविरूद्ध नाराबाजी

बानेश्वरमा प्रधानमन्त्री दाहालविरूद्ध नाराबाजी

काठमाडाैं, चैत ७ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' विरूद्ध बानेश्वरमा तीन युवाले नाराबाजी गरेका छन। मंगलबार प्रधानमन्त्री प्रचण्ड ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा आयोजित कार्यक्रममा जाँदै गर्दा उनीविरूद्ध नाराबाजी भएकाे हाे।

कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए। तर प्रहरीले ती युवालाई समाउन खोज्दा उनले 'आतंककारी प्रचण्ड मुर्दावाद' भन्दै विरोध गरेका थिए। त्यसबीचमा अर्को एक जना युवाले 'प्रहरीले मुख बन्द गर्न पाइँदैन' भन्दै नारा लगाए।

दुवै जना युवालाई प्रहरीले गाडीमा राख्दै गर्दा दुवै जना युवाले 'गरिब मारा प्रचण्ड मुर्दावाद', 'मूल्यवृद्धि खारेज गर', 'नालायक सरकार होसियार', 'युवालाई मार्न पाइँदैन यस्तो सरकार चाहिँदैन', '७७ जिल्लाका युवा एक हौं' भन्दै नाराबाजी गरेका थिए।

उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएसँगै कार्यक्रम स्थलमा प्रधानमन्त्री दाहाल पुगेका थिए। 

प्रकाशित मिति: १९:३१ बजे, मंगलबार, चैत ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्