Kathmandu Press

क्षमताभन्दा बढी सामान बाेकेकाे पाएपछि नेपाल एयरलाइन्सको विमान ग्राउन्डेड

क्षमताभन्दा बढी सामान बाेकेकाे पाएपछि नेपाल एयरलाइन्सको विमान ग्राउन्डेड

काठमाडाैं, चैत ७ : नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सको विमानलाई ग्राउन्डेड गरेको छ । ताप्लेजुङबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको विमानमा लोड सिटमा भन्दा १ सय ७ केजी बढी सामान बोकेको पाइएपछि चालक दलसहित सात जनालाई ग्राउन्डेड गरेको हाे ।

सोमबार ताप्लेजुङबाट काठमाडौं आएको ट्विनअटर ९ एन-एबीटी विमानमा लोड सिटमा भन्दा १ सय ७ केजी बढी सामान बोकेको पाइएपछि नागरिक उड्डयन प्राधिकरणले चालक दलका तीन जना, निगमको मार्केटिङ कर्मचारी र डिसप्याचरसहित सात जनालाई ग्राउन्डेड गरेको हो ।

साथै निगमलाई प्राधिकरणले स्पष्टीकरण सोधेको छ । घटनाबारे थप छानबिन गरिने पनि प्राधिकरणले जनाएको छ । 

प्रकाशित मिति: १९:०६ बजे, मंगलबार, चैत ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्