कांग्रेसलाई अब गल्ती गर्ने छुट छैन : शेखर कोइराला

काठमाडौं, चैत ७ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब कांग्रेसलाई गल्ती गर्ने छुट नभएका बताएका छन्।
गिरिजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा कोइरालाले अहिलेको अवस्थामा गठबन्धनलाई सम्हालेर लैजाने जिम्मेवारी कांग्रेसको भएको भन्दै कांग्रेसलाई गल्ती गर्ने छुट नभएको बताएका हुन्।
उनले केहिदिनभित्रै कांग्रेस सरकारमा जाने भएकाले सरकारलाई राम्रोसंग चलाएर देखाउनुपर्ने धारणा राखे। कोईरालाले अहिले मुलुकमा देखिएको आर्थिक लगाएतका समस्याबाट मुक्त गराउनका लागि कांग्रेसले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले शान्तिप्रक्रियालाई टुङ्गोमा पुराउनका लािग पिडितहरुलाई पनि अन्तराष्ट्रिय मान्यताका आधारमा न्याय दिनुपर्ने पनि बताए। अन्तराष्ट्रिय मान्यता र सर्वोच्चको आदेशलाई ध्यानमा राखेर संक्रमणकालिन न्याय सम्बन्धी कानूनलाई अघि बढाउनुपर्ने उनको भनाइ छ ।
त्यस्तै कांग्रेस महामन्त्री गगन कुमार थापाले संक्रमणकालीन न्यायको विषय टुंग्याउँदा द्वन्द्वपीडितको भावना नसमेटिए मुलुक अप्ठेरोमा पर्ने बताए । अन्तराष्ट्रिय मान्यताका आधारमा पनि संक्रमणकालीन न्याय ठिक देखिनुपर्ने भन्दै उहाले यससम्बन्धी कानूनलाई उचित तवरले अघि बढाउनुपर्नेमा जोड दिए।
थापाले अव केन्द्रदेखि प्रदेशसम्म कांग्रेस सहितको सरकार बन्ने भन्दै देश र जनताका लागि काम गर्ने काउनडाउन सुरु भइसकेको उल्लेख गरे।











