Kathmandu Press

टुँडिखेलमा घोडेजात्रा (फोटो फिचर)

नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिएको छ।
टुँडिखेलमा घोडेजात्रा (फोटो फिचर)

काठमाडौं, चैत ७ : काठमाडौं उपत्यकामा घोडे जात्रा मनाईएको छ । काठमाडौं उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ ।  

परापूर्व कालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा मनाइएको पाइन्छ । त्यहीँ जनविश्वास र सस्कृतिलाई निरन्तरता दिदै काठमाडौँको टुडिखेलमा नेपाली सेनाले घोडेजात्राको आयोजना गरेको थियो ।

घोडेजात्रामा नेपाली सेनाले घोडाका विभिन्न कला कौशलहरु प्रदर्शन गरेको थियो ।  नेपाली सेनाले आयोजना गरेको घोडे जात्रा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड लगाएतका उच्च पदस्थ व्यक्तिहरुको सहभागीता रहेको थियो ।

घोडेजात्रामा सैनिकहरुले विभिन्न व्याण्डद्धारा धुनहरु प्रस्तुत गरेका थिए ।  कार्यक्रमको सुरुमै घोडाहरुद्वारा शो जम्प प्रस्तुत गरेको थियो। यो प्रस्तुततीमा घोडाहरुले विभिन्न पर्खालहरु नाघेका थिए । साहाशिक सेनाहरुले घोडाको चालको गतिमा विभिन्न पर्खालहरु उफ्रेर अगाडि बढेका थिए । यस्तै क्रस टेण्ड पेगिङ अन्तरगतको प्रस्तुतीमा सैनिकहरुले घोडाको साहायता दिदै शत्रुका टेण्ड भत्काउने शैली प्रस्तुत गरेका थिए । 

यस्तै तालिम प्राप्त कुकुरहरुको प्रस्तुती निकै रोचक देखिएको थियो । घोडाजात्रामा प्रस्तुत गरिएका प्रतिष्प्रधामा विजयी सेनाहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गर्नुभएको थियो । यात्राका लागि लागि निकै महत्वपूर्ण मानिएको घोडाको आधुनिक सवारी साधनको प्रयोग सँगै यसको महत्व घट्दै गएको छ । घोडा अन्य जनावर भन्दा दगुर्न सक्ने शक्तिशाली भएकाले  पहिले युद्धको समयमा घोडालाई विशेष रुपमा प्रयोग गर्ने गरिन्थ्यो ।

सबै तस्बिर: प्रदीपराज वन्त

cover1679398536.jpg

21679398500.jpg

31679398506.jpg

ghodejatra1679400343.jpg

41679398508.jpg

51679398514.jpg

61679398516.jpg

71679398522.jpg

91679398524.jpg

121679398533.jpg

111679398532.jpg

101679398526.jpg

प्रकाशित मिति: १७:०० बजे, मंगलबार, चैत ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्