Kathmandu Press

सरकारमा जाने गृहकार्य गर्न एकीकृत समाजवादीले बनायो कार्यदल 

सरकारमा जाने गृहकार्य गर्न एकीकृत समाजवादीले बनायो कार्यदल 

काठमाडौं, चैत ७ : नेकपा एकीकृत समाजवादीले सरकारमा जाने बिषयमा गृहकार्य गर्न कार्यदल बनाएको छ ।  

पार्टी कार्यालय तीनकुनेमा मंगलबार बसेको नेकपा समाजवादीको सचिवालय बैठकले सरकार गठनको सम्पूर्ण प्रक्रियाको गृहकार्य गर्नका लागि कार्यदल बनाउने निर्णय गरेको हो । कार्यदलमा अध्यक्ष माधवकुमार नेपाल र उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल रहेका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। 

कार्यदलले पार्टीका तर्फबाट सरकारमा जाने मन्त्रीहरुले गर्ने काम, नीति निर्माणका बिषयमा छलफल गर्ने उनले बताए। त्यस्तै कार्यदलले केन्द्रदेखि प्रदेश मन्त्रालयको बाँडफाँट र सरकारको एजेन्डाहरुका बारेमा छलफल गर्ने उनले बताए। 

त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले सरकारमा जानका लागि नीति, सिद्धान्त र कार्यक्रम, मन्त्रीको बाडफाट, लगाएतका बिषयमा कार्यदलले प्याकेजमै निर्णय गर्ने जानकारी दिए। 

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममा बिषयमा पनि छलफल भएको नेताहरुले जानकारी दिएका छन् । 

प्रकाशित मिति: १४:३८ बजे, मंगलबार, चैत ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्