Kathmandu Press

 एन्फाले सार्वजनिक गर्‍यो थ्री नेशन्स कप खेल्ने नेपालको टिम

 एन्फाले सार्वजनिक गर्‍यो थ्री नेशन्स कप खेल्ने नेपालको टिम

काठमाडौं, चैत ७ : अखिल नेपाल फुटबल संघ एन्फाले प्रधानमन्त्री थ्री नेशन्स कप फुटबल प्रतियोगिताका एक दिन अगाडि मात्र नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ। पुरुष राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले मंगलबार आफ्नो टोली घोषणा गरेका छन्।

दशरथ रंगशालामा बुधबारदेखि सुरु हुने प्रतियोगितामा नेपाल, भुटान र लाओस सहभागी हुनेछन्। नेपालले उद्घाटन खेल मार्च २२ मा लाओससँग खेल्नेछ।

मार्च २८ मा नेपाल र भुटानबीचको खेल अघि लाओसले मार्च २५ मा भुटानसँग खेल्नेछ। समूह चरणका सबै खेल साँझ ६ बजे सुरु हुनेछन्। फाइनल मार्च ३१ मा साँझ ५ः३० बजे हुनेछ । सबै खेलहरू मार्चमा फिफा विन्डोमा खेलिनेछन्।

नेपाली टिम

गोलकिपरः किरण कुमार लिम्बु (पञ्जाब एफसी), दीप कार्की (मनाङ मस्र्याङ्दी क्लब), अभिषेक बराल (सातदोबाटो युथ क्लब)

डिफेन्डर : सनिश श्रेष्ठ (एपीएफ फुटबल क्लब), विकास खवास (त्रिभुवन आर्मी फुटबल क्लब), अनन्त तामाङ (चर्च ब्वाइज युनाइटेड), पदम भट्टराई (एफसी खुमलटार), आदित्य चौधरी (जावलाखेल युथ क्लब), निशान्त खड्का (संकटा क्लब)।

मिडफिल्डर : पुजन उपरकोटी (मछिन्द्र फुटबल क्लब), एरिक विष्ट (चर्च ब्वाइज युनाइटेड), नवीन लामा (एपीएफ फुटबल क्लब), रोहित चन्द (पर्सिक केदिरी), कमल थापा (मनाङ मर्स्याङ्दी क्लब), मणिकुमार लामा (एपीएफ फुटबल क्लब), भरत खवास (त्रिभुवन आर्मी फुटबल क्लब) 

फरवार्ड : आयुष घलान (संकटा क्लब), नवयुग श्रेष्ठ (त्रिभुवन आर्मी फुटबल क्लब), दीपक सिंह ठकुरी (सातदोबाटो युथ क्लब), अन्जन विष्ट (चर्च ब्वाइज युनाइटेड), आशिष चौधरी (चर्च ब्वाइज युनाइटेड), सुमित श्रेष्ठ (मनाङ मर्स्याङ्दी क्लब) मनिष डाँगी (संकटा क्लब)

प्रकाशित मिति: १३:५१ बजे, मंगलबार, चैत ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्