Kathmandu Press

छुवाछुत र जातीय हिंसाविरुद्ध उभिन प्रधानमन्त्रीको अपील

छुवाछुत र जातीय हिंसाविरुद्ध उभिन प्रधानमन्त्रीको अपील

काठमाडौं, चैत ७ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छुवाछुत र जातीय हिंसाविरुद्ध उभिन अपिल गरेका छन् । 

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको सन्दर्भमा सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले जातीय मुक्ति, समानता एवं स्वतन्त्रताको पक्षधरहरुलाई छुवाछुत र जातीय हिंसाविरुद्ध उभिँदै सभ्य र सुसंस्कृत समाज निर्माणको नेतृत्वका लागि अपिल गरेका हुन् । 

‘अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको सन्दर्भमा जातीय मुक्ति, समानता एवं स्वतन्त्रताका पक्षधर समस्त नेपालीहरूलाई छुवाछूत र जातीय हिंसाविरूद्ध उभिँदै सभ्य र सुसंस्कृत समाज निर्माणको नेतृत्वका लागि अपील गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् । 

प्रकाशित मिति: ११:२२ बजे, मंगलबार, चैत ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्