Kathmandu Press

गायक छन्त्यालले ल्याए पञ्चेबाजा गीत नाच्न मन लाग्छ (भिडियो) 

आफ्नै युटुब च्यानलबाट गायक छन्त्यालले उक्त गीत सार्बजनिक गरेका हुन् । छन्त्याले आफ्नै लय, शब्द र स्वरमा सार्बजनिक गरेको गीतमा गायिकाद्धय जमुना राना र सहिमा श्रेष्ठले साथ दिएका छन् । 
गायक छन्त्यालले ल्याए पञ्चेबाजा गीत नाच्न मन लाग्छ (भिडियो) 

काठमाडौं, चैत ७ : कलाकार एवं गायक युवराज छन्त्यालले आफ्नो नयाँ गीत नाच्न मन लाग्छ बोलको गीत सार्बजनिक गरेका छन् । 

आफ्नै युटुब च्यानलबाट गायक छन्त्यालले उक्त गीत सार्बजनिक गरेका हुन् । छन्त्याले आफ्नै लय, शब्द र स्वरमा सार्बजनिक गरेको गीतमा गायिकाद्धय जमुना राना र सहिमा श्रेष्ठले साथ दिएका छन् । आगामी बैशाख महिना विवाहको महिना भएकोले पञ्चेबाजा गीत सार्बजनिक गरेका हुन् ।

Hardik ivf

गीतले पञ्चेबाजा बजेपछि नाच्न मन लाग्ने र माया, प्रेमका प्रसंग प्रस्तुत गरिएको छ । गीतको भिडियोमा नविन श्रीस, सञ्चिता बोलाखे अमृत ​​श्रेष्ठ र मुना भुर्तेल लगायतको अभिनय रहेको छ । गीतको भिडियोलाई शिबन पोखरेलले निर्देशन गरेका छन् ।  

प्रवासमा बसेर पनि नेपाली लोकगीतसंगीतमा योगदान गर्दै आएका छन्त्यालले यसअघि पनि हिट गीत बजारमा ल्याईसकेका छन् । छन्त्यालका चाइना तिर जाम, लास्टै टेन्सन भो  बाजा बजाउदै लगायतका गीत चर्चामा रहेका छन् ।

 

प्रकाशित मिति: ०९:०६ बजे, मंगलबार, चैत ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्