Kathmandu Press

प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मत कायमै छ : सांसद चौधरी

'प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत कायमै छ, राष्ट्रपति, उपराष्ट्रपतिलाई पनि मत दियौं तर रेशम चाधैरीलगायत टीकापुर राजबन्दीको रिहाइमाग पूरा भएको छैन।'
प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मत कायमै छ : सांसद चौधरी

काठमाडौं, चैत ६ : नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद गंगाराम चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने बताएको छन्। 

प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको बोल्दै उनले भने, 'प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत कायमै छ, राष्ट्रपति, उपराष्ट्रपतिलाई पनि मत दियौं तर रेशम चाधैरीलगायत टीकापुर राजबन्दीको रिहाइमाग पूरा भएको छैन।'

छलफलका क्रममा सांसद अमरेशकुमार सिंहले मुलुक राजनीतिक स्थिरताका लागि नभई भागबन्डामा चलिरहेको आरोप लगाए।

'अरुलाई स्थीरताको उद्देश्य सिकाएर आफू अस्थिर बन्नेलाई राजनीतिक भागबन्डा भनिन्छ। देशको समस्या राजनीतिक भागबन्डा हो,' उनले भने। उनले जनताको गुणस्तरीय शिक्षा र स्वास्थ्यमा पहुँच नपुगेसम्म देश समृद्ध नहुने स्पष्ट पारे। 

प्रकाशित मिति: १६:४५ बजे, सोमबार, चैत ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्