ओलीलाई प्रचण्डले भने– ऋण तिर्नुपर्ने थियो तिर्नुभयो, हिसाब अझै बाँकी छ
मैले तपाईँलाई दुईचोटी प्रधानमन्त्री बनाएको थिएँ । तपाइँले मलाई ब्याज दिनुपर्ने थियो । ऋण तिनुपर्ने थियाे, तिर्नु भयो, अझै एउटा बाँकी छ : प्रचण्ड
काठमाडौं, चैत ६ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाएकोमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन्।
सोमबार विश्वासको प्रस्तावमाथिको छलफलका क्रममा उठेका विषयहरुमा उत्तर दिँदै प्रधानमन्त्री प्रचण्डले ओलीलाई धन्यवाद दिएका हुन् । तर, आफूले ओलीलाई दुईपटक प्रधानमन्त्री बनाएको स्मरण गर्दै हिसाब अझै बाँकी रहेको बताए ।
‘मैले तपाईँलाई दुईचोटी प्रधानमन्त्री बनाएको थिएँ । तपाइँले मलाई ब्याज दिनुपर्ने थियो । ऋण तिनुपर्ने थियाे, तिर्नु भयो, अझै एउटा बाँकी छ । हिसाब राख्नुहोला,’ प्रधानमन्त्री प्रचण्डले भने ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो लागि प्रधानमन्त्री पद भन्दा शान्ति, संविधान र परिवर्तनको रक्षा मुख्य कुरा रहेको पनि बताए । यसकै लागि एमालेसहितको गठबन्धन तोडेर पुरानै गठबन्धनमा आएको उनले बताए ।
प्रकाशित मिति: १७:३० बजे, सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











