Kathmandu Press

विष्णु पौडेललाई प्रचण्डको जवाफ : किन यस्तो भयो तपाईँलाई थाहा छ, आफैंलाई सोध्नुस् 

पौडेलले पुस १० गतेको समिकरण भत्काएर प्रधानमन्त्री पुनः पुरानै गठबन्धनमा आउनुपर्ने वाध्यतामा कसरी पुगे भनेर प्रश्न गरेका थिए ।
विष्णु पौडेललाई प्रचण्डको जवाफ : किन यस्तो भयो तपाईँलाई थाहा छ, आफैंलाई सोध्नुस् 

काठमाडौं, चैत ६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस १० गतेको समिकरण भत्किनुको कारण एमाले उपाध्यक्ष विष्णु पौडेललाई राम्ररी थाहा भएको बताएका छन् ।

प्रतिनिधि सभामा विश्वासको प्रस्तावमाथिको छलफलमा उठेका विषयहरुको उत्तर दिने क्रममा प्रधानमन्त्री प्रचण्डले त्यतिबेला विष्णु पौडेल अर्थमन्त्री रहेको र के के भयो भन्नेबारेमा उनलाई पनि राम्ररी थाहा भएको बताएका हुन् । 

छलफलका क्रममा पौडेलले पुस १० गतेको समिकरण भत्काएर पुनः पुरानै गठबन्धनमा आउनुपर्ने वाध्यतामा प्रधानमन्त्री कसरी आइपुगे भनेर प्रश्न गरेका थिए । उत्तरमा प्रधानमन्त्री प्रचण्डले भने,तपाईँ अर्थमन्त्री हुनुहन्थ्यो । तपाइँलाई थाहा छ तपाईँ आफैभित्र हेर्नुस् । किन यस्तो भयो, के कारणले यस्तो भयो भन्ने कुरा तपाइँलाई पनि थाहा छ । तपाइँले पनि आफ्नै आत्मासँग सोध्नुस् ।’ 
 

प्रकाशित मिति: १७:२७ बजे, सोमबार, चैत ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्