ओखलढुंगामा मुख्यमन्त्री कार्की सवार गाडीमाथि तोडफोड प्रयास
जिल्ला प्रहरी कार्यालय ओखढुंगाका अनुसार मुख्यमन्त्रीको सवारीलाई अवरोध गर्न खोजेपछि भिडलाई सामान्य बल प्रयोग गरेर तितरबितर पारिएको छ। सवारीसाधनमा कुनै क्षति नभएको बताइएको छ।
ओखलढुंगा, चैत ६ : प्रदेशको नाम कोसी राखेपछि त्यसको विरोध गरिरहेका पहिचान पक्षधरहरुले सोही प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमाथि तोडफोड प्रयास गरेका छन्।
आज (सोमबार) दिउँसो ओखलढुंगा मुख्यमन्त्री कार्की सवार सवारी तोडफोडको प्रयास गरेका हुन्। प्रदेशकाे नाम सच्याउनसपर्ने माग राखेर आन्दोलनमा उत्रिएकाहरूले सिद्धिचरण नगरपालिका–११ मिलन चोकमा मुख्यमन्त्री कार्कीविरुद्ध नाराबाजी गर्दै उनी सवार गााडी तोडफोडको प्रयास गरेको जनाइएको छ। मुख्यमन्त्री कार्की चैत ४ गते ओखलढुंगा आएका थिए।
जिल्ला प्रहरी कार्यालय ओखढुंगाका अनुसार मुख्यमन्त्रीको सवारीलाई अवरोध गर्न खोजेपछि भिडलाई सामान्य बल प्रयोग गरेर तितरबितर पारिएको छ। सवारीसाधनमा कुनै क्षति नभएको बताइएको छ।
सोही विषयलाई लिएर आइतबार विराटनगरमा प्रदर्शन गर्दा प्रहरीसँग झडप पनि भएको थियो। प्रदर्शनकारीले प्देशको नाम कोसी राख्न नहुने बताउँदै आएका छन्।