Kathmandu Press

तनहुँ-१ र बारा-२ मा पनि वैशाख १० गते नै उपनिर्वाचन

तनहुँ १ का सांसद रामचन्द्र पौडल २५ फागुनमा राष्ट्रपतिमा र बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव ३ चैतमा उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त बनेका ती क्षेत्रमा आयोगको आज (सोमबार) बसेको बैठकले वैशाख १० मा उपनिर्वाचन गर्ने  निर्णय गरेकाे हो।
तनहुँ-१ र बारा-२ मा पनि वैशाख १० गते नै उपनिर्वाचन

काठमाडौं, चैत ६ : निर्वाचन आयोग तनहुँ १ र बारा २ मा पनि वैशाख १० मा उपनिर्वाचन हुने भएको छ।

तनहुँ १ का सांसद रामचन्द्र पौडल २५ फागुनमा राष्ट्रपतिमा र बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव ३ चैतमा उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त बनेका ती क्षेत्रमा आयोगको आज (सोमबार) बसेको बैठकले वैशाख १० मा उपनिर्वाचन गर्ने  निर्णय गरेकाे हो।

संविधानको धारा ६२ को उपधारा (६) र धारा ६७ को उपधारा (३) मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहको व्यक्ति राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुने व्यवस्था छ।

चितवन २ मा पनि सोही दिन निर्वाचन गर्ने निर्णय आयोगले गरिसकेको छ। गत मंसिर ४ मा भएको चुनावमा चितवन २ मा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पद नागरिकता मुद्दामा खारेज भएपछि सो क्षेत्र पनि रिक्त भएको हो।

प्रकाशित मिति: १६:५३ बजे, सोमबार, चैत ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्