Kathmandu Press

सरकार बनाउने र गिराउने खेलले लाेकतन्त्र गणतन्त्र जाेगाउन कठिन हुन्छ : केसी

विश्वासको मत लिने प्रधानमन्त्रीको प्रस्तावमाथि संसदमा भएको छलफलमा सहभागी हुँदै उनले आफैंले बनाएको निर्वाचन प्रणालीले दुईदुई महिनामा सरकार बदल्नुपर्ने स्थिति आउँदा लोकतन्त्र बचाउन सक्नेमा आशंका पैदा भएको उनले बताए।
सरकार बनाउने र गिराउने खेलले लाेकतन्त्र गणतन्त्र जाेगाउन कठिन हुन्छ : केसी

काठमाडौं, चैत ६ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकार बनाउन र गिराउने खेलले लाेकतन्त्र गणतन्त्र जाेगाउन कठिन हुने बताएका छन्। 

विश्वासको मत लिने प्रधानमन्त्रीको प्रस्तावमाथि संसदमा भएको छलफलमा सहभागी हुँदै उनले आफैंले बनाएको निर्वाचन प्रणालीले दुईदुई महिनामा सरकार बदल्नुपर्ने स्थिति आउँदा लोकतन्त्र बचाउन सक्नेमा आशंका पैदा भएको उनले बताए।

‘मैले त लोकतन्त्र, गणतन्त्र धरापमा परेको देखिराखेको छु। हाम्रो धन्दा नै सरकार बनाउने र भत्काउने मात्र भयो,’ उनले भने, ‘पहिलो पार्टीले सरकार बनाउनुपर्ने हो। त्यसले नसके दोस्रो पार्टीले बनाउनुपर्ने हो। यहाँ त ती दुवै दलले तेस्रो दललाई समात्न हिँड्नुपर्ने भयो।’

उनले थपे, ‘अरू मुलुकमा यस्तो हुँदैन, यसमा विचार गर्नुपर्छ।’ उनले मुलुकको अर्थतन्त्र संकटपूर्ण बनेका बेला सरकार परिवर्तन भइरहने अवस्थाप्रति चिन्ता व्यक्त गरे। उनले भने, ‘नेपाली जनताको हालत के छ अहिले? उद्योग कलकारखाना नखुलेर युवाहरू बिदेसिने क्रम बढेको छ, हामी भने यसपछि यो यसपछि यो भनेर सरकार बनाउने गिराउने खेती गरिरहेका छौं। यसरी लोकतन्त्र गणतन्त्र जोगिन्छ।’ अध्यक्ष केसीले सत्ता र स्वार्थका लागि मात्रै लड्न नहुने बताए।

प्रधानमन्त्री बन्न पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बालकोट जाँदा आफूले समर्थन गर्न नसकेको तर बालकोटले पार लाउँछ भनेर २०७४ सालमा  आफूले विश्वास गरेको पनि उनले बताए। हेर्दाहेर्दै अहिलेको संसदीय प्रणाली चलाउनै नसक्ने अवस्थामा पुगेको उनले बताए। उनले यसपालि आफ्नो पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बताए।   

प्रकाशित मिति: १६:३८ बजे, सोमबार, चैत ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्