Kathmandu Press

राष्ट्रपति-उपराष्ट्रपति पदमा राष्ट्रिय सहमति जुटाउन मैले गरेको प्रयासमा कुनै खोट छैन : प्रधानमन्त्री

आज (सोमबार) प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री प्रचण्डले सबैभन्दा ठुलो पार्टीलाई राष्ट्रपति दिऊँ भन्ने प्रस्ताव एमाले अध्यक्ष ओलीले अस्वीकार गरेको बताएका हुन्।
राष्ट्रपति-उपराष्ट्रपति पदमा राष्ट्रिय सहमति जुटाउन मैले गरेको प्रयासमा कुनै खोट छैन : प्रधानमन्त्री

काठमाडौं, चैत ६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैभन्दा ठुलो पार्टी नेपाली कांग्रेसलाई राष्ट्रपति दिऊँ भन्ने प्रस्ताव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वीकार नगरेको बताएका छन्।

आज (सोमबार) प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री प्रचण्डले सबैभन्दा ठुलो पार्टीलाई राष्ट्रपति दिऊँ भन्ने प्रस्ताव एमाले अध्यक्ष ओलीले अस्वीकार गरेको बताएका हुन्।

राष्ट्रपति र उपराष्ट्रपति पदमा सहमति हुन नसके पनि आफ्नो सहमतिको प्रयासमा कुनै खोट नरहेको पनि उनले बताए। ‘राष्ट्रपतिजस्तो संस्था पटकपटक विवादमा परेको र त्यसले लोकतन्त्रप्रतिको जनआस्थाकै मानमर्दन गरेको पृष्ठभूमिमा मैले नयाँ राष्ट्रपतिमा नयाँ सहमति जुटाउन चाहें,' उनले भने।

'संसदको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसलाई राष्ट्रपति दिऊँ भनेर मैले नेकपा एमालेका अध्यक्षसँग ठोस प्रस्ताव पनि राखें। त्यसले राष्ट्रय सहमति पनि कायम हुन्छ र अन्य समस्या समाधान पनि हुन्छ,' उनले भने, 'तर परिणाम त्यसमा सहमति हुन सकेन। हामीले सहमतिमा राष्ट्रपति र उपराष्ट्रपति चुन्न सकेनौं । तर प्रधानमन्त्रीका रूपमा मैले गरेको प्रयास र लिएको अग्रसरतामा कुनै खोट थिएन।’

प्रकाशित मिति: १३:५० बजे, सोमबार, चैत ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्