Kathmandu Press

संसद विघटन गर्वको कुरा थिएन : प्रधानमन्त्री

‘सर्वोच्च अदालतले दुई पटक असंवैधानिक भनेको थियो। संसद् विघटनको खुला पक्षपोषणले संवैधानिक र राजनीतिक चुनौति मलाई दियो,’ उनले भने । 
संसद विघटन गर्वको कुरा थिएन : प्रधानमन्त्री

काठमाडौं, चैत ६ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा विघटन गर्वको कुरा नभएको बताएका छन्। 

सोमबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले संसदको पहिलो बैठकमै संसद विघटनको विषय प्रवेश भएको र त्यो कुनै गर्वको कुरा नभएको बताएका हुन् ।

निर्वाचनपछि बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा रोष्ट्रमबाटै प्रतिनिधि सभा विघटन उपयुक्त रहेको बताएका थिए। प्रधानमन्त्री प्रचण्डले त्यो बेला विगतको मतभेद नकोट्याउने निर्णय भएपनि ओलीले संसद विघटनको कुरालाई गर्वका साथ प्रस्तुत गरेको बताएका हुन् ।

‘सर्वोच्च अदालतले दुई पटक असंवैधानिक भनेको थियो। संसद् विघटनको खुला पक्षपोषणले संवैधानिक र राजनीतिक चुनौति मलाई दियो,’ उनले भने । 

आफूले प्रधानमन्त्रीका रुपमा लगभग राष्ट्रिय सहमति पाएपछि राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति खोज्न चाहेको उनले बताए । ‘समझदारीमै नेपाली कांग्रेसलाई राष्ट्रपति दिऔं भनेर एमालेका अध्यक्षसँग ठोस्रुपमा प्रस्ताव राखेँ। तर, त्यसमा सहमित हुन सकेन। प्रधानमन्त्रीकारुपमा मैले गरेको प्रयासमा कुनै खोट थिएन,’ उनले भने । 
 
 

प्रकाशित मिति: १३:४३ बजे, सोमबार, चैत ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्