प्रतिनिधिसभाको बैठक सुरु, प्रधानमन्त्रीले विश्वासको मत लिने
दिउँसो १ बजे बस्ने भनिएको बैठक केही ढिलाइ गरी सुरु भएको हो। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची छ।
काठमाडौं, चैत ६ : प्रतिनिधिसभाको आज (आइतबार) को बैठक सुरु भएछ।
दिउँसो १ बजे बस्ने भनिएको बैठक केही ढिलाइ गरी सुरु भएको हो। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची छ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धन भत्किएर नयाँ समीकरण गरेपछि एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। कुल २७५ सदस्यीय संसद्बाट विश्वास पाउन प्रधानमन्त्रीलाई १३८ मत चाहिन्छ।
पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले पुस २६ गते २६८ सांसदबाट विश्वासको मत पाएका थिए।
प्रकाशित मिति: १३:१८ बजे, सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार