Kathmandu Press

स्ववियु निर्वाचनमा ६० प्रतिशत विद्यार्थीले गरे मतदान

स्ववियु निर्वाचनमा ६० प्रतिशत विद्यार्थीले गरे मतदान

काठमाडाैं, चैत ५ : स्ववियु निर्वाचनमा ६० प्रतिशत विद्यार्थीले मतदान गरेका छन्। त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा. पशुपति अधिकारीले आज ६० प्रतिशत विद्यार्थीले स्ववियु निर्वाचनमा मतदान गरेको बताए।

आज बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानका लागि समय दिइएको थियो। 

काठमाडौं उपत्यकाभित्रका ७ क्याम्पसमा आज चुनाव हुन सकेन। 

काठमाडौंको त्रिचन्द्र क्याम्पस, अमृत साइन्स क्याम्पस (अस्कल) प्रदर्शनीमार्गस्थित रत्नराज्य र विश्वभाषा, नेपाल कमर्स क्याम्पस मीनभवन, कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र ललितपुरको पाटन क्याम्पसमा आज स्ववियु चुनाव नभएको हो।

काठमाडौं उपत्यका बाहिर केही क्याम्पसमा विवाद हुँदा स्ववियु चुनाव स्थगित पनि भएका छन्।

छिटपुट घटनाबाहेक शान्तिपूर्वक नै स्ववियु चुनाव सकिएको अधिकारीको भनाइ छ।

प्रकाशित मिति: १९:३५ बजे, आइतबार, चैत ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्