Kathmandu Press

धरानका मेयर साम्पाङ पुन: विवादमा

धरानका मेयर साम्पाङ पुन: विवादमा

काठमाडाैं, चेत ५ : धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले अपमान गरेकाे भन्दै वडाअध्यक्षहरूले माेर्चाबन्दी गरेका छन। मेयर साम्पाङ फेरि एकपटक आफ्नै कारणले अप्ठेरोमा परेका हुन्।

वडाध्यक्षहरूलाई स्वकीय सचिवमार्फत निर्देशनात्मक पत्राचार गर्न लगाएपछि बहुसंख्यक वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले उनीविरूद्ध मोर्चाबन्दी गरेका छन्। स्वकीय सचिवमार्फत निर्देशनात्मक पत्राचार गराएको विषयलाई वडाध्यक्षहरूले आफ्नो अपमान भएको ठहर गरेका छन्।

वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूसहित २२ जनाले आइतबार पत्रकार सम्मेलन गरेर उक्त गल्तीप्रति सार्वजनिक रूपमा माफी माग्न मेयर साम्पाङलाई २४ घन्टे अल्टिमेटम दिएका छन्। 

‘मेयर हर्क साम्पाङले निरन्तर हाम्रो मानमर्दन गर्ने र अशोभनीय व्यहार गरे,’ उनीहरूले भनेका छन्, ‘योग्यतासमेत नरहेका सचिवालयका कर्मचारी सुर्दशन लिम्बूले लेटरप्याड दुरुपयोग गर्दै वडाअध्यक्षहरूलाई निर्देशन दिएको घटना आपत्तिजनक छ।’

केही दिनअघि स्वकीय सचिव लिम्बूले मेयरको आदेश भन्दै वडाध्यक्षहरूलाई योजना पेश गर्न निर्देशनात्मक पत्राचार गरेका थिए। 

प्रकाशित मिति: १९:१८ बजे, आइतबार, चैत ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्