प्रदेश सरकारले समृद्धिको बाटोेलाई अगाडि बढाएको छ : मुख्यमन्त्री गिरी

लुम्बिनी, चैत ५ : नेकपा (एमाले) पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले समृद्ध प्रदेश निर्माणको अभियानमा जुट्न सबैलाई आग्रह गरेका छन।
नेकपा (एमाले) ले सञ्चालन गरेको मिसन ग्रासरुट कार्यक्रमअन्तर्गत दाङको घोराहीमा आज समीक्षा बैठकमा सीमित स्रोतसाधनका बीचमा पनि प्रदेश सरकारले समृद्धिको अभियानलाई अगाडि बढाएको बताए । मुख्यमन्त्री गिरीले सबैको सहयोग र समन्वयबाट समृद्ध प्रदेश बन्न सक्ने बताए ।
अप्ठ्यारोका बीचमा पनि जनताको गुनासो सुनेर काम गर्नुपर्ने उनको भनाइ थियो । 'पार्टीलाई सही ढङ्गले चलाउनका लागि मिसन ग्रासरुट कार्यक्रम सञ्चालन गरिएको हो,' उनले भने । गाउँगाउँका मतदाताको मनोभाव बुझेर काम गर्नुपर्नेमा उनले जोड दिए।
प्रकाशित मिति: १९:०० बजे, आइतबार, चैत ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











