काेसी प्रदेश नाम खारेजी माग गर्दै विराटनगरमा प्रदर्शन
प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। झडपको क्रममा सशस्त्र प्रहरीले चार राउन्ड हवाई फायर गर्नुका साथै दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ।
विराटनगर, चैत ५ : काेसी प्रदेश नामकरण खारेज गर्न माग गर्दै संघर्ष समितिले विराटनगरमा विरोध प्रदर्शन गरेको छ।
प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। झडपको क्रममा सशस्त्र प्रहरीले चार राउन्ड हवाई फायर गर्नुका साथै दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ।
प्रदेश नं. १ पुनः नामकरण संयुक्त संघर्ष समितिको आयोजनामा विराटनगरको महेन्द्र चोकमा भेला भएका सहभागीहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि जाने क्रममा झडप भएको हो।
प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो। उनीहरुले प्रदेश १ को नाम काेसी प्रदेश मान्य नहुने र पहिचानका आधारमा प्रदेशको नामकरण गर्न माग गर्दै आन्दोलन गरेका हुन्।
प्रकाशित मिति: १७:४९ बजे, आइतबार, चैत ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार