सतप्रतिशत सांसदहरुले विश्वासको मत दिनुहुन्छ भन्ने आश छ : प्रधानमन्त्री
प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिदै छन्।
काठमाडौं, चैत ५ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुले सवै दलका सांसदहरुले आफूलाई विश्वासको मत दिने बताएका छन् ।
आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग सक्षिप्त प्रतिक्रिया दिदै प्रधानमन्त्री प्रचण्डले सत प्रतिशत सांसदको विश्वासको मत पाउने बताएका हुन्।
यसअघि आफुले विश्वासको मतमा ९९ दशमवल २५ प्रतिशत आशा गरेपनि अहिले सत प्रतिशत सांसदको विश्वासको मत पाउने अवस्था बनेको उनले बताए। ‘पहिले विश्वासको मत लिँदा ९९.२५ प्रतिशत थियो । भोलि १०० नै हुन्छ भन्ने आश छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।
प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिदै छन्।
प्रकाशित मिति: १६:३२ बजे, आइतबार, चैत ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











