Kathmandu Press

रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचल्ने ठहर

काठमाडौं सरकारी वकिल कार्यालय स्रोतका अनुसार राहदानीमा मुद्दा चलाउन आवश्यक प्रमाणहरू नभेटिएका कारण रविविरुद्ध परेको उजुरीमा मुद्दा नचल्ने निर्णयसहित गत फागुन ३० गते सदर गर्न उच्च सरकारी वकीलको कार्यालय पाटनमा पठाइसकिएको छ।
रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचल्ने ठहर

काठमाडौं, चैत ५ : सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध राहदानी विवादमा मुद्दा नचल्ने निष्कर्ष निकालेको छ। 

प्रहरीमा परेको जाहेरीमा अनुसन्धानपछि प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा पठाइएको थियो। काठमाडौं सरकारी वकिल कार्यालय स्रोतका अनुसार राहदानीमा मुद्दा चलाउन आवश्यक प्रमाणहरू नभेटिएका कारण रविविरुद्ध परेको उजुरीमा मुद्दा नचल्ने निर्णयसहित गत फागुन ३० गते सदर गर्न उच्च सरकारी वकीलको कार्यालय पाटनमा पठाइसकिएको छ।

‘नागरिकता र पासपोर्टसम्बन्धी कसुर गरेको भन्ने प्रमाणहरू नभेटिएको भन्ने आधारमा जिल्ला सरकारी वकिल कार्यालयले सदरका लागि फाइल उच्च सरकारी वकिल कार्यालय पठाएको छ,’ सरकारी वकिल कार्यालय स्रोतले भन्यो, ‘लामिछानेले विदेशी नागरिक भइसकेको अवस्थामा पुरानै नेपाली नागरिकताको प्रयोग गरेर नेपाली पासपोर्ट लिएको देखिए पनि त्यसको दुरुपयोग भएको नदेखिएका आधारमा मुद्दा नचलाउने निर्क्याेलमा पुगिएको हो।’ 

प्रहरीमा परेको जाहेरीअनुसार अध्ययन र रोजगारीका लागि अमेरिका पुगेपछि लामिछानेले २१ फेब्रुअरी २०१४ अर्थात ९ फागुन २०७० मा त्यहाँको नागरिकता प्राप्त गरेका थिए। तीन वर्षपछि ११ मे २०१५ अर्थात् २८ वैशाख २०७२ मा उनी नेपाल फर्किएपछि सोही वर्षको १३ जेठमा नेपाली राहदानी बनाएको तथ्यबाट देखिन्छ। जतिबेला उनले अमेरिकाको नागरिकता त्यागेका थिएनन्। लामिछानेसँग अमेरिका र नेपालको राहदानी एकैसाथ रहेको आधारमा प्रहरी जाहेरी परेको थियो। 

अब उच्च सरकारी वकिल कार्यालयले लामिछानेको निर्णय सदर गरेर महान्यायधिवक्ता कार्यालय पठाउनुपर्नेछ। महान्यायधिवक्ता कार्यालयले निर्णय गरेपछि मात्र जाहेरी अन्तिम टुंगोमा पुग्नेछ। 

प्रकाशित मिति: १५:२४ बजे, आइतबार, चैत ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्