Kathmandu Press

ललितपुरका जनप्रतिनिधि र स्थानीयले भेटे राष्ट्रपति

ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी  नगरपालिकाका जनप्रतिनिधिले भेटेर निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।
ललितपुरका जनप्रतिनिधि र स्थानीयले भेटे राष्ट्रपति

काठमाडौं, चैत ५ : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ललितपुरका जनप्रतिनिधि र स्थानीयले भेट गरेका छन् । 

ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी  नगरपालिकाका जनप्रतिनिधिले भेटेर निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।
  
शीतल निवासमा आज भएको भेटमा ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिकाका जनप्रतिनिधिले भेट गरी राष्ट्रपति पदमा निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन्। 

भेटमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन,  गोदावारी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जनलगायत ती पालिकाका कार्यपालिका सदस्यका साथै स्थानीयको सहभागिता थियो।
 
ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले ललितपुर महानगरपालिकाको मुखपत्र, संस्कृतिविद् स्वर्गीय सत्यमोहन जोशीद्वारा लिखित ललितपुर महानगरपालिकाले प्रकाशित गरेका पुस्तकहरु राष्ट्रपतिसमक्ष हस्तान्तरण गरेका थिए। 

त्यस्तै, गोदावारी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले पनि गोदावारी महानगरपालिकाको मुखापत्र हस्तान्तरण गरेका थिए।

336191960_725072949272308_1759973567887804435_n1679216587.jpg

336234530_222495067110953_2510285558531491937_n1679216585.jpg

336352461_226518139947562_5692950947277496252_n1679216583.jpg

336473689_1444013142799703_6675427596516346584_n1679216583.jpg

333852205_9191540620886088_2965224537912034528_n1679216585.jpg

प्रकाशित मिति: १४:४२ बजे, आइतबार, चैत ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्