सत्यनिरुपण र मेलमिलाप आयोगसम्बन्धी विधेयक फास्ट ट्रयाकबाटै पारित गर्नुपर्छ : निधि
सत्य निरुपण र मेलमिलाप आयोग सम्बन्धी विधेयक फास्ट ट्रयाकबाट पारति गर्न एमालेले पनि सहयोग गर्नुपर्ने उनको भनाइ थियो।
काठमाडौं, चैत ५ : कांग्रेस नेता विमलेन्द्र निधिले सत्य निरुपण र मेलमिलाप आयोगसम्बन्धी विधेयक फास्ट ट्रयाकबाटै पारित गर्नुपर्नेमा जोड दिएका छन्।
संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले दुईवटै विधेयक पारित नहुँदा अझै पनि शान्ति प्रक्रियाको काम बाँकी रहेकाले फास्ट ट्रयाक ती विधेयक पारित गरेर अगाडि जानुपर्नेमा उनले जोड दिएका हुन्।
सत्य निरुपण र मेलमिलाप आयोग सम्बन्धी विधेयक फास्ट ट्रयाकबाट पारति गर्न एमालेले पनि सहयोग गर्नुपर्ने उनको भनाइ थियो।
'बेपत्ता नागरिकको छानबिन तथा सत्यनिपण आयोगसम्बन्धी विधेयक राष्ट्रिय महत्वको विधेयक हो,’ उनले भने, ‘यसलाई पारित गर्न एमालेले आपत्ति नजनाइदिए हुन्थ्यो।’
प्रकाशित मिति: १३:४२ बजे, आइतबार, चैत ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











