प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर सत्तापक्षीय बेन्चमा बस्ने नेकपा एसकाे निर्णय
सरकारमा जाने कि नजाने भन्ने निर्णय भने नगरिएकाे नेकपा एसका प्रवक्तासमेत रहेका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।
काठमाडाैं, चैत ५ : नेकपा एकीकृत समाजवादी (नेकपा एस्) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ।
नेकपा एस केन्द्रीय सचिवालयको आज (आइतबार) बसेको बैठकले प्राधनमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको हो। साथै संसदमा सत्तापक्षीय बेन्चमा बस्ने निर्णय पनि बैठकले गरेको नेकपा एसका प्रवक्तासमेत रहेका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।
सरकारमा जाने कि नजाने भन्ने निर्णय भने नगरिएकाे उनले बताए। ‘सरकारमा जाने नजाने विषयमा छलफल अगाडि बढाउने निर्णय गरेका छौं,’ उनले भने, ‘सरकारमा जाँदा कसरी जाने र कति संख्यामा जाने भन्ने विषयमा छलफल हुन बाँकी रहेकाले सरकारमा सहभागी हुने या नहुने विषयमा तत्काल निर्णय नगरेका हौं।’
प्रकाशित मिति: १३:३४ बजे, आइतबार, चैत ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











