घनश्याम भूसाललाई महासचिव बनाउने एकीकृत समाजवादीको निर्णय
यसअघि बेदुराम भूसाल महासचिव थिए । उनलाई उपाध्यक्ष बनाएर घनश्याम भूसाललाई महासचिव बनाइएको प्रवक्ता खतिवडाले बताए ।
काठमाडौं, चैत ५ : नेकपा एकीकृत समाजवादीले घनश्याम भूसाललाई महासचिव बनाउने निर्णय गरेको छ ।
आइतबार बसेको सचिवालय बैठकले घनश्याम भूसाललाई महासचिव बनाउने निर्णय गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।
यसअघि बेदुराम भूसाल महासचिव थिए । उनलाई उपाध्यक्ष बनाएर घनश्याम भूसाललाई महासचिव बनाइएको प्रवक्ता खतिवडाले बताए ।
भुसाल गत पुस २९ गते नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। त्यसअघि एमालेमा रहेका उनलाई पार्टीले टिकट नदिएपछि रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दिएर पराजित भएका थिए । भुसाल २०७१ मा सम्पन्न एमालेको नवौं महाधिवशेनबाट उपमहासचिव बनेका थिए।
साथै २०७८ मंसिरमा भएको दसौं महाधिवेशनमा उपाध्यक्ष पराजित भएका थिए।
प्रकाशित मिति: १३:२६ बजे, आइतबार, चैत ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











