Kathmandu Press

प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विप जारी गर्ने कांग्रेस संसदीय दलकाे निर्णय

संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले सोमबार प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गर्ने निर्णय गरेको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए।
प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विप जारी गर्ने कांग्रेस संसदीय दलकाे निर्णय

काठमाडौं, चैत ५ : नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दिन ह्विप जारी गर्ने निर्णय गरेको छ।

संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले सोमबार प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गर्ने निर्णय गरेको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए।

संसदीय दलको बैठकले कार्यसम्पादन समितिको बैठक अनुसार प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको लेखकले बताए।

बैठकले राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा निर्वाचित रामसहाय प्रसाद यादवलाई बधाई दिँदै सफल कार्यकालको कामना गर्दै राष्ट्रपति–उपराष्ट्रपति निर्वाचन सफलताका साथ सम्पन्न गर्न भूमिका खेल्ने सवैप्रति धन्यवाद दिने निर्णय गरेको उनले बताए।

बैठकले नेपाली क्रिकेट टोलीको सफलताका लागि खेलाडीहरुलाई बधाई दिने र क्यान प्रशिक्षकलगायत सबैलाई धन्यवाद दिने प्रस्ताव पारित गरेको लेखकले बताए। 

प्रकाशित मिति: १३:२० बजे, आइतबार, चैत ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्