Kathmandu Press

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने रास्वपाकाे निर्णय

रास्वपा संसदीय दलको आज (आइतबार) बसेको बैठकले दाहाललाई विश्वासको मत दिने निर्णय गरेको हो।
प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने रास्वपाकाे निर्णय

काठमाडौं, चैत ५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दिने भएको छ।

रास्वपा संसदीय दलको आज (आइतबार) बसेको बैठकले दाहाललाई विश्वासको मत दिने निर्णय गरेको हो।

रास्वपाले यसअघि पनि दाहाललाई विश्वासको मत दिएको थियो। तर नागरिकता विवादमा सर्वोच्च अदालतले सभापति रवि लामिछानेकाे सांसद पद खारेज गरिदिएपछि उपप्रधानसहितकाे गृहमन्त्री पद गुमाएपछि रास्वपा सरकारबाट अलग भएको थियो।

सरकारबाट अलग भए पनि सरकारलाई दिएकाे समर्थन भने कायमै थियाे। तर राप्रपा र एमालेले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले पुनः विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएकाे थियाे।

दाहालले भाेलि विश्वासको मत लिँदैछन्।

प्रकाशित मिति: १३:११ बजे, आइतबार, चैत ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्