Kathmandu Press

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने कांग्रेसको निर्णय 

नेपाली कांग्रेसले सरकारमा सहभागी हुने निर्णय गरेको छ । 
प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने कांग्रेसको निर्णय 

काठमाडौं, चैत ५ : नेपाली कांग्रेसले सरकारमा सहभागी हुने निर्णय गरेको छ । 

आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको हो । 

प्रधानमन्त्री प्रचण्डले सोमबारको प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिँदैछन् । कांग्रेसको कार्यसम्पादन समितिको निर्णय आजै संसदीय दलको बैठकमा सुनाउँदै दलका नेता शेर बहादुर देउवाले सांसदहरुलाई प्रधानमन्त्रीलाई विश्वासको मत दिन निर्देशन दिनेछन् । 

नेकपा एमाले र राप्रपाले सरकार समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले भोलिको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन् । प्रधानमन्त्रीले विश्वासको मतपछि मात्रै सरकार गठन गर्ने तयारी गरेका छन् । कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने निर्णय गरेको हो ।  

यसअघि पुस २६ गते पनि कांग्रेसले सरकारलाई विश्वासको मत दिँदै प्रतिपक्षमा बसेको थियो । यसपटक भने विश्वासको मत दिएर सरकारमै जाने निर्णय कांग्रेसले गरेको हो । यो निर्णयसँगै अब कांग्रेस संसद बैठकमा सत्तापक्षी बेञ्चमा बस्नेछ ।  

प्रकाशित मिति: ११:५९ बजे, आइतबार, चैत ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्