Kathmandu Press

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको बैठक 

समसामयिक राजनीति र सरकारबारे छलफल गर्न बैठक बोलाइएको हो ।
रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको बैठक 

काठमाडौं, चैत ५ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाएको छ । 

आइतबार पार्टीको केन्द्रीय कार्यालय बसुन्धरामा बिहान ११ बजेपछि बस्ने गरी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको रास्वपाका प्रवक्ता तथा महामन्त्री मुकुल ढकालले जानकारी दिए ।  

समसामयिक राजनीति र सरकारबारे छलफल गर्न बैठक बोलाइएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि प्रतिनिधि सभाबाट विश्वासको मत लिँदै छन् । त्यसबारेमा छलफल गर्न पनि रास्वपाले बैठक बोलाएको हो । 

सरकारबाट फिर्ता भएपनि रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा रास्वपाले सत्ता गठबन्धनको उम्मेदवारलाई सघाएको थियो ।  

 

प्रकाशित मिति: ११:०६ बजे, आइतबार, चैत ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्