Kathmandu Press

उपत्यकाका ७ क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

उपत्यकाका ७ क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

काठमाडौं, चैत ५ :  त्रिभुवन विश्वविद्यालयका देशैभरका आंगिक क्याम्पसहरुमा स्ववियु निर्वाचन अन्तर्गत आज मतदान भइरहेका छन् । तर, काठमाडौं उपत्यकाका ७ सहित देशभरका १३ क्याम्पसमा निर्वाचन स्थगित भएको छ । 

विद्यार्थी संगठनको आन्तरिकत विवादका कारण उपत्यकाका ७ र उपत्यकाबाहिरका ६ गरी १३ क्याम्पसमा निर्वाचन स्थगित भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ ।

काठमाडौंमा २२ आंगिक क्याम्पसहरूमध्ये अस्कल, त्रिचन्द्र, आरआर, विश्वभाषा, मिनभवन, आयुर्वेद कीर्तिपुर र पाटन गरी ७ क्याम्पसमा निर्वाचन स्थगित भएको छ ।

काठमाडौं उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज लगायतका क्याम्पसमा पनि स्ववियु निर्वाचन स्थगित भएको छ । 

यी बाहेक त्रिविका आंगिक र सम्बन्धन प्राप्त अन्य क्याम्पसमा बिहान ८ बजेदेखि नै मतदान भइरहेको छ। केही क्याम्पसमा भने मतदान सुरू गर्न ढिलाइ भइरहेका छन्।

स्ववियु निर्वाचन स्थगित भएका क्याम्पसहरुमा यथाशिघ्र निर्वाचन गर्ने तयारी भइरहेको समितिले जनाएको छ । 
 

प्रकाशित मिति: १०:३४ बजे, आइतबार, चैत ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्