Kathmandu Press

चलचित्र कलाकार संघ अध्यक्षमा निरौला निर्वाचित

निरौलाले २३५ मत ल्याए भने उप्रेतीले २०९ मत ल्याएकी थिइन्। शनिबार भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा कविता गेलाल, उपाध्यक्षमा शिवहरि नेपाल बैरागी र महासचिव सविन श्रेष्ठ निर्वाचित भएका छन्।
चलचित्र कलाकार संघ अध्यक्षमा निरौला निर्वाचित

काठमाडौं, चैत ५ : चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन्। उनले रेजिना उप्रेतीलाई पराजित गरेका हुन्।

निरौलाले २३५ मत ल्याए भने उप्रेतीले २०९ मत ल्याएकी थिइन्। शनिबार भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा कविता गेलाल, उपाध्यक्षमा शिवहरि नेपाल बैरागी र महासचिव सविन श्रेष्ठ निर्वाचित भएका छन्।

यस्तै सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्ष सुनिल कटवाल र सहकोषाध्यक्ष पवित्रा आचार्य निर्वाचित भएका छन्।

सदस्यहरूमा शितल केसी, गोपाल ढकाल, उद्धव भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, रञ्जना खड्का खुश्बु, सरिता राधोपाध्याय, रोशन श्रेष्ठ र समिर लामा छन्।

प्रकाशित मिति: ०८:३० बजे, आइतबार, चैत ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्