प्रतिनिधिसभा बैठक आज बस्दै
आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।काठमाडौ, चैत ५ : प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्नेछ ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ पेस गर्नेछन् ।
त्यसैगरी उनले नै ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक, २०७९’ पनि पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले पेस गर्न लागेको यो विधेयकको विरोधमा ज्ञानबहादुर शाहीले सेस गरेको सूचनालाई पनि निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित मिति: ०७:५९ बजे, आइतबार, चैत ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लामिछानेमाथि छानबिनको माग गर्दै पेस भएको रिट सर्वोच्चबाट दर्ता अस्वीकार शुक्रबार, वैशाख १४, २०८१
भ्रष्टाचार आरोपमा गाउँपालिका उपाध्यक्ष खातुनसहित ६ विरुद्ध भ्रष्टाचार मुद्दा शुक्रबार, वैशाख १४, २०८१
सहकारीबाट बचतकर्ताको रकम फिर्ता नगर्नेलाई कारबाही गर्ने गृहमन्त्री लामिछानेकाे स्पष्टाेक्तिशुक्रबार, वैशाख १४, २०८१
‘शक्तिमा रहँदा मात्तिएका कारण कम्युनिस्ट आन्दोलनले ठुलो क्षति बेहोर्नुपरेको छ’शुक्रबार, वैशाख १४, २०८१