Kathmandu Press

कांग्रेस कार्यसम्पादन र संसदीय दलको बैठक बस्दै

आज बिहान साढे १० बजे बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेस कार्यसम्पादन र संसदीय दलको बैठक बस्दै
Hardik ivfHardik ivf

काठमाडौं, चैत ५ : सत्तासाझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन र संसदीय दलको बैठक बस्दै छ ।

आज बिहान साढे १० बजे बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आजै मध्याह्न १२ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको छ । बैठक संसद् भवनको ल्होत्से हलमा बस्नेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि विश्वासको मत लिँदै छन् । कांग्रेस बैठकमा विश्वासको मत र समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति: ०७:४५ बजे, आइतबार, चैत ५, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्