प्रधानमन्त्री दाहाललाई १० दलले विश्वासको मत दिने सहमति
शनिबार बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने सहमति गरेकाे प्रधानमन्त्रीका स्वकीय सचिव गंगा दाहालले बताइन।
काठमाडाैं, चैत ४ : प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलकाे बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दिने सहमति गरेको छ।
शनिबार बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने सहमति गरेकाे प्रधानमन्त्रीका स्वकीय सचिव गंगा दाहालले बताइन।
सोमबार प्रतिनिधि सभाको बैठकमा विश्वासकाे मत दिने र आइतबार संसदमा प्रस्तुत गर्ने विधेयकमा पनि एकमतका साथ प्रस्तुत हुने सहमति बनेको उनले बताएकी छन्।
सामाजिक सञ्जालमा लेख्दै उनले भनेकि छिन, ‘बैठकमा भोलि संसदमा प्रस्तुत गर्ने विधेयक र पर्सी सरकारले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको छ।’
सत्ता साझेदार दलहरू नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीले समर्थन गर्न लागेको हो।