बालुवाटारमा सत्ता साझेदार १० दलका शीर्ष नेताहरूको बैठक सुरू
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी छ।
काठमाडाैं, चैत ४ : प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार १० दलका शीर्ष नेताहरूको बैठक सुरू भएको छ।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी छ। सोमबार उनले विश्वासको मत लिँदैछन्।
त्यसपछि नै मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ।
प्रकाशित मिति: १८:३६ बजे, शनिबार, चैत ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार