Kathmandu Press

रास्वपा थपिँदा मन्त्रिमण्डल विस्तार पेचिलो बन्दै 

प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिँदैछन्। विश्वासको मत लिएपछि सरकार विस्तार गर्ने तयारी भइरहेको छ। अहिले १६ मन्त्रालय मन्त्रीविहीन छन्।
रास्वपा थपिँदा मन्त्रिमण्डल विस्तार पेचिलो बन्दै 

काठमाडौं, चैत ४ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विश्वासको मत लिने गृहकार्यमा छन्।

प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिँदैछन्। विश्वासको मत लिएपछि सरकार विस्तार गर्ने तयारी भइरहेको छ। अहिले १६ मन्त्रालय मन्त्रीविहीन छन्। 

मंसिर ४ मा संपन्न निर्वाचनपछि नेपाली कांग्रेसले ८९ सिटसहित पहिलो दलको हैसियत बनाएको छ। नयाँ गठवन्धनसँगै प्रचण्ड नेतृत्वको सरकारमा जाने निश्चित भए पनि कस्को नेतृत्वमा जाने र कति मन्त्रालय लिने भनेर ठोस निर्णय हुन बाँकी छ। गठबन्धनमा अहिले आठ दल सक्रिय देखिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सक्रिय नभए पनि सरकारलाई समर्थन कायम राख्दै आएको छ भने पुनः विश्वासको मत दिने तयारीमा छ। 

प्रचण्डले सोमवार विश्वासको मत पाउने पक्कापक्की जस्तै छ। त्यसलगत्तै सरकार विश्तार गर्ने मानसिकतामा प्रधानमन्त्री प्रचण्ड छन्। प्रमुख दल कांग्रेससहित माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा गठबन्धनमै छन्।

गठबन्धनमा सामेल अधिकांश दल सरकारमा जाने निश्चितप्रायः छ। यद्धपी नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाका नेताहरू अहिलेसम्म खुलेका छैनन्। रास्वपा पनि गठवन्धनमा थपिँदा मन्त्रालय भागबण्डा पेचिलो बन्दै छ। 

गठबन्धनमा रास्वपा पनि थपिँदा दलबाट मन्त्रि हुनेको संख्या खुम्चिने छ। प्रधानमन्त्री प्रचण्डलले सरकार १० दलीय गठबन्धनको बन्ने बताइसकेका छन्। यस्तो अबस्थामा दलहरूले कुन र कति मन्त्रालय पाउलान्? मन्त्री बाँडफाँडमा सकस हुने अवस्था देखिएको छ। 

प्रकाशित मिति: १८:२६ बजे, शनिबार, चैत ४, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्