Kathmandu Press

संक्रमणकालीन न्यायकाे विषय टुंग्याउन नसक्दा समस्या : सिपी गजुरेल

शनिबार काठमाडौंमा शान्ति सम्झौता, संक्रमणकालीन न्याय, सत्य निरुपणलगायतका विषयमा आयोजित कार्यक्रममा उहाले ६ महिनाभित्रै शान्तिप्रक्रियालाई टुङ्गाउनुपर्ने भएपनि १६ बर्षसम्म लम्विएका कारण अहिले समस्या देखिएको बताएका हुन्।
संक्रमणकालीन न्यायकाे विषय टुंग्याउन नसक्दा समस्या : सिपी गजुरेल

काठमाडौं, चैत ४ : नेकपा क्रान्तिकारी माओवादीका नेता सिपि गजुरेलले समयमा नै संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुङ्गो लगाउन नसक्दा अहिले समस्या देखिएको बताएका छन्।

शनिबार काठमाडौंमा शान्ति सम्झौता, संक्रमणकालीन न्याय, सत्य निरुपणलगायतका विषयमा आयोजित कार्यक्रममा उहाले ६ महिनाभित्रै शान्तिप्रक्रियालाई टुङ्गाउनुपर्ने भएपनि १६ बर्षसम्म लम्विएका कारण अहिले समस्या देखिएको बताएका हुन्।

Hardik ivf

उनले यसको सम्पूर्ण जिम्मेवारी यस अवधिमा प्रधानमन्त्री बनेका प्रचण्ड, शेरबहादुर देउवा, केपी ओली, बाबुराम भट्टराईले लिनुपर्ने जिकिर गरे। गजुरेलले संक्रमणकालीन न्यायलाई छिटो टुंगाउन आदेश दिनुपर्नेमा द्वन्द्वकालीन मुद्दाहरुलाई फौजदारीतर्फ लैजाने व्याख्या गर्नुमा अदालतको पनि त्रुटि रहेको बताए। गजुरेलले शान्तिप्रक्रिया टुङ्गो लगाउन दबाबका लागि माओवादी घटकहरु एकै ठाउँ आउनुपरेको धारणा राखे। उनले जनयुद्धलाई कसैले अपराधिकरण गर्न खोजे कदापी मञ्जुर नहुने बताए।

त्यस्तै नेकपा बहुमतका संयोजक धमेन्द्र बास्तोलले दलाल पुँजीवादको नेतृत्वले संविधान जारी भएकाले वर्तमान संविधानले जनतालाई प्रतिनिधित्व नगर्ने बताए। उनले जनयुद्धलाई अन्तिम चरणमा लान नसकिएको र शान्तिप्रक्रियाका नाममा स्थगीत गर्न परेको उल्लेख गरे।

बास्तोलाले संक्रमणकालीन न्यायसम्बन्धी बिधेयकहरुलाई अघि बढाउनका लागि भने आफुहरुको ऐकवद्धता रहने उल्लेख गरे। 

cp gajurel_Moment1679143182.jpg

प्रकाशित मिति: १८:१२ बजे, शनिबार, चैत ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्